Harsamaya
आजदेखि खुल्यो मनकामना केबलकार
प्रतिकात्मक तस्वीर ।

मुग्लिन - मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्मत सम्भारको काम भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । 

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update