Harsamaya
भरतपुर कारागारबाट भागेका ५४ कैदी बन्दी आफैं फर्किए

चितवन - चितवनको भरतपुर कारागारबाट भागेका कैदी बन्दीहरू क्रमशः फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैँ फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ ।

बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदी बन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुङ्गानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।

५५० जनाको क्षमता भएको भरतपुर कारागारमा ७४० कैदी बन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए। आगजनीपछि सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्दा कैदीहरू गेट तोड्दै बाहिर निस्केका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update