Harsamaya
तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
स्मार्ट फोन ।

काठमाडौं - दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । 

हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै एनटीसीले डाटा तथा भ्वाइस सहितको प्याकेज निशुल्क गरेको हो । 

बुधबारदेखि प्रत्येक उपभोक्ताहरुलाई सन्देश मार्फत डाटा तथा भ्वाइस सहितको प्याकेज दिएको हो । 

डाटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी भ्वाइस कलको सेवा लिन सकिने एनटीसीले जानकारी दिएको छ । 

यस्तै एनटीसीका अनुसार डाटाको लागि स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी सेवा लिन सकिन्छ । 


 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update