
काठमाडौं - यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँ बराबरको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंक घटेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९७ प्रतिशतले बढेर ३९१.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
एनआईबिएल समृद्धि फन्ड–२ को शेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले बढेर ९.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनिर्भसल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५.१२ प्रतिशतले बढेर ४००.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.६२ प्रतिशतले घटेर ३५६.८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३.९२ प्रतिशितले घटेर ४७५.८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ३.७० प्रतिशतले घटेर प्रतिकित्ता ७७७.८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, एभरेष्ट बैंक, नेपाल रिइन्स्यारेन्स, हिमालयन डिस्टीलरी र युनिर्भसल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।