Harsamaya
बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने
बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिका।

बाजुरा - बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको हो । प्रदेश सरकारले एडिबीसँगको सम्झौता अनुसार बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्ण गर्ने भएको हो । एसियाली विकास बैंकको २२ करोड सहयोगमा पर्यटन पूर्वाधार निमार्ण गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

बडिमालिका र खप्तड जोड्ने पदमार्ग निमार्णका लागि चालु आर्थिक वर्षमा सात करोड बजेट आएको छ । गत वर्ष पनि उक्त क्षेत्रमा एक करोड २५ लाख खर्च गरेर पदमार्ग र विश्रामगृह निमार्ण गरिएको थियो । धार्मिक आस्थाको धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गरेको छ । बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update