मेटाले माग्यो नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची

काठमाडौं - मेटाले नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची मागेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले मेटाले नेपालमा सूचीकृत हुनका लागि के-के कागजपत्र चाहिने भनेर माग गरेको जानकारी दिए ।
मन्त्रीको सचिवालयमा इमेल गरेर कागजात माग गरेको उनले बताए । कागजपत्रहरू के के चाहिने भनेर मन्त्रालयको वेभसाइटमा राखिएको छ ।
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने २६ सामाजिक सञ्जाल आजबाट बन्द गर्ने निर्णय गरेको थियो ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय