दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् ।
उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय