Harsamaya
नेपाल आइडल सिजन–६ को विजेता बनिन् सिन्धु चेली गंगा सोनाम
नेपाल आइडल सिजन–६ को विजेता बनिन् सिन्धु चेली गंगा सोनाम ।

ललितपुर - सिन्धु चेली गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छिन् । 

आइतबार ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन् ।  विजेता सोनामले २५ लाख पुरस्कार प्राप्त गरेकी छिन् । 

त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए । 

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल थिए । 

ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गरेका थिए ।  

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update