आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं - संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ।
आइतबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ।
यस्तै बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२ ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय