Harsamaya
बुसान फेस्टिभलमा नेपाली लघु चलचित्र ‘रिहाना’ वल्र्ड प्रिमियर हुने
बुसान फिल्म फेस्टिभलको ३० औँ संकरणमा नेपाली लघु चलचित्र ‘रिहाना’ वल्र्ड प्रिमियर हुने।

काठमाडौं - बुसान फिल्म फेस्टिभलको ३० औँ संकरणमा नेपाली लघु चलचित्र ‘रिहाना’ वल्र्ड प्रिमियर हुने भएको छ ।

विश्व प्रतिष्ठित यस फिल्म फेस्टिभलमा प्रिमियर हुने ’रिहाना’ यस वर्षको एक मात्र नेपाली चलचित्र हो ।

असोज ५ र ६ गते (सेप्टेम्भर २१-२२ ) मा यस फिल्मको स्क्रिनिङ हुन लागेको जनाएको छ ।

३०५९ चलचित्र पेश भएकोमा ’रिहाना’ अन्तिम १० मा पर्न सफल भएको हो ।

यस वर्ष बुसान फिल्म फेस्टिभलमा ३०५९ चलचित्रहरूको आवेदन प्राप्त भएका थिए, जसमध्ये ‘रिहाना’ अन्तिम १० चलचित्रहरूको सूचीमा पर्न सफल भएको हो ।

रिहाना एक दम्सी पिक्चर्सको उत्पादन हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य छ ।

चलचित्रको निर्देशन र लेखन सुरज पौडेलले गरेका छन् र निर्माता उज्जल बस्ताकोटी, अभिनाश बिक्रम शाह र केदार भुसाल हुन् ।

फिल्मको प्रमुख कलाकारमा पृथु भट्ट र सृजना अधिकारी छन् । सिनेमेटोग्राफर शिशिर विशंखे, सम्पादन गौरव कुमार मलिक र ध्वनि डिजाइन र मिक्सिङ डिकेश खड्गी शाहीको छ ।

रिहानाले नेपाली सिनेमा क्षेत्रको सम्मान थप्दै अन्तर्राष्ट्रिय मञ्चमा स्थान बनाएको छ । फिल्मको स्क्रिनिङसँगै नेपाली सिनेमा उद्योगको छवि अझ बलियो हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update