कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन् ।
राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको रुपमा जिम्मेवारी तोकेको जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०९:४०
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
