Harsamaya
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ ।

यसअघि बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बुधबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएकोमा बिहीबार कुल ३२२ स्टकको ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर कारोबार भएको छ ।

आज सेन्सेन्टीभ इन्डेक्स ५.७४ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेको छ ।

आज विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको सेयर मूल्य प्रतिकित्ता ५१.७० रुपैयाँले बढेर ५६८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको शयेर मूल्य २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन ओरियन्टल होटेल्स लिमिटेडको सेयर मूल्य ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५५२.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सांग्रिला विकास बैंकको सेयर मूल्य ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update