Harsamaya
आज गणेश चतुर्थी : कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरूको भिड

काठमाडौं - आज ‘गणेश चतुर्थी’ को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा भक्तजनहरूको भिड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज बुधबार मनाइँदै छ र यसै अवसरमा कमलादीस्थित गणेश मन्दिरहरूमा पूजा गर्नेहरूको चहलपहल बढेको हो ।

आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमल विनायकसहित सबै गणेश मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update