Harsamaya
आज विश्व ताल दिवस मनाइँद
फेवा ताल ।तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ।

पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज ताल दिवस मनाउन लागिएको हो।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन्।

राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन् भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update