तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

काठमाडौ - प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।
प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरेकी हुन् ।
नेपाली महिलाहरुको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनहरुको भीड लागेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ २०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय