Harsamaya
हर समय
हर समय
खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ
खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ।
कांग्रेस महामन्त्री थापा हेलिकोप्टर लिएर सुदूरपश्चिम भ्रमणमा
कांग्रेस महामन्त्री थापा हेलिकोप्टर लिएर सुदूरपश्चिम भ्रमणमा बिहिबार बिहान उनी श्रीमतीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किएका छन्। अछामबाट बडीमालिका, खप्तड, रामारोशन लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ। 
कैलालीमा नालामा शव भेटियो
कैलालीमा नालामा शव भेटियो बुधबार साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका थिए ।
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना
अमेरिकामा हेलिकप्टरसँग ठोक्किएर विमान दुर्घटना रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
प्रेस चौतारी इलामको अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत
प्रेस चौतारी इलामको अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई,...
इतिहास : महात्मा गान्धीको हत्या भएको दिन, जसले विश्वलाई नै स्तब्ध बनाएको थियो 
इतिहास : महात्मा गान्धीको हत्या भएको दिन, जसले विश्वलाई नै स्तब्ध बनाएको थियो  गान्धी साँझको प्रार्थनाका लागि बिरला भवन गएका थिए । जहाँ उनी समर्थकहरूसँग संवाद गर्दै थिए। त्यही क्रममा गोड्सेले नजिकै आएर उनको छातीमा तीन गोली हाने। गोली लागेपछि गान्धीले 'हे राम!' भन्ने अन्तिम शब्द उच्चारण गरेको बताइन्छ।
निर्दोष बालबालिका पनि कारागारमा
निर्दोष बालबालिका पनि कारागारमा जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् । 
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस्
जीरा मेथीको पानी नियमित पिउनुहोस, तौल घटाउनुहोस् जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ ।
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने
पुर्व राजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउँने पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन ।  उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् । 
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल !
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल ! तामाङ समुदाय आज हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदैछन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व १२ वर्षचक्रसँग सम्बन्धित छ, जसमा मुसा, गाई, बाघदेखि सुँगुरसम्मका नामबाट वर्ष निर्धारण गरिन्छ।
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात भइरहेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।  दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट भएको वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए ।
Weather Update