आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा
आइतबार, वैशाख २८, २०८२
त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि रोहित पौडेलको कप्तान पद यथावत् छ भने उपकप्तान जिम्मेवारीमा पनि दीपेन्द्र सिंह ऐरी निरन्तर छन् । अन्य खेलाडीमा आसिफ सेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी
आइतबार, वैशाख २८, २०८२
ठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल जारी छ ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
आइतबार, वैशाख २८, २०८२
यसैगरी आज आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०,...
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने
आइतबार, वैशाख २८, २०८२
बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने
आइतबार, वैशाख २८, २०८२
राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम लाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
चेलीबेटी बिक्री गर्ने पक्राउ
आइतबार, वैशाख २८, २०८२
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको ७ नम्बर कोठीमा लगेर बालिकालाई तामाङले बिक्री गरेको प्रहरी कार्यालयले जनाएको छ। ती चेलीले सात वर्षसम्म जबरजस्ती वेश्यालयमा काम गरेको प्रहरीलाई बयान दिएकी छिन् । त्यसै क्रममा क्षयरोग रोग लागेपछि २०५१ साल माघमा ती चेली आफ्नै घर सिन्धुपाल्चोक फर्किएकी थिइन् ।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, मधेस प्रदेशमा हावाहुरीकाे सम्भावना
आइतबार, वैशाख २८, २०८२
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको...
‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै
आइतबार, वैशाख २८, २०८२
काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ का लागि आवेदन आव्हान गरेको छ ।
लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको छ : उपेन्द्र यादव (भिडियोसहित)
आइतबार, वैशाख २८, २०८२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मुलुकमा लोकतन्त्र विरोधी शक्तिहरुले संघीय गणतन्त्रलाई समाप्त पार्ने खेल खेलिरहेको टिप्पणी गरेका छन् ।
आजको राशिफल : भाग्य चम्किने दिन !
आइतबार, वैशाख २८, २०८२
आज २०८२ वैशाख २८ गते आइतबार। आजको दिनको सुरुवात सकारात्मक ऊर्जा र आशाका साथ गर्नुहोस्। ग्रहहरूको चालले अधिकांश राशिहरूमा नयाँ अवसर र आत्मिक सन्तोष ल्याउने संकेत गरेका छन्।
निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
जिप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु
शनिबार, वैशाख २७, २०८२
गाइघाटमा पिकअप जिप दुर्घटनामा हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।
लोकतन्त्र कमजोर भए प्रेस स्वतन्त्रता संकटमा पर्छ : उपराष्ट्रपति यादव (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् ।
साताको लोकप्रिय

