बसाइँसराइले रित्तिएको गाउँमा डेढ करोड रुपैयाँ लगानीमा कागतीखेती
आइतबार, माघ १३, २०८१
बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् ।
नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
शनिबार, माघ १२, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा वृद्धि भएको छ ।
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि...
अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
शनिबार, माघ १२, २०८१
समुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा...
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
शुक्रबार, माघ ११, २०८१
यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।
यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
बिहीबार, माघ १०, २०८१
किसानको पहिचान गरी सरकारी तबरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्न र किसानलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न तीनै तहको साझेदारीमा यसलाई अघि बढाइएको उनले जानकारी दिए ।
स्याङ्जामा १४ वटा शीतभण्डार निर्माण
बिहीबार, माघ १०, २०८१
स्याङ्जामा शीतभण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारणमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमा भन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीतभण्डार स्थापना गरिएको हो ।
सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
बुधबार, माघ ९, २०८१
चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ ।
चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।
हलगोरु पाल्ने किसानलाई सम्मान
मंगलबार, माघ ८, २०८१
यहाँको सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
मेची भन्सारबाट दुई अर्ब ९५ करोडको चिया निर्यात
मंगलबार, माघ ८, २०८१
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकनुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
मंगलबार, माघ ८, २०८१
कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार छ सय क्विन्टल अर्थात् १५ दशमलव छ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले उल्लेख गरे ।
आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
सोमबार, माघ ७, २०८१
ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
भोजपुर नगरपालिका-५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण दिन थालिएको हो ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सोमबार, माघ ७, २०८१
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
सोमबार, माघ ७, २०८१
यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् ।
साताको लोकप्रिय

