इजरायली हवाई आक्रमणमा मारिए इरानी सेनाका नवनियुक्त प्रमुख अली सादमानी
बुधबार, असार ४, २०८२
इजरायलले गत शुक्रबारदेखि इरानमा आक्रमण गर्न थालेयता इरानले कम्तीमा ११ वरिष्ठ जनरल गुमाइसकेको छ । इरानको सबैभन्दा वरिष्ठ सैन्य कमान्डर सादमानीलाई चार दिनअघि मात्र इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उक्त पदमा नियुक्त गरेका थिए । उनले इजरायलले आक्रमणको सुरुमै मारेका वरिष्ठ जनरल गोलामली रसिदलाई प्रतिस्थापन गरेका थिए ।