स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि
सोमबार, जेठ २६, २०८२
अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिँदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे । पेनाल्टीमा स्पेनका लागि अल्भारो मोराटाले मौका गुमाएपछि रुबेन नेभेसले स्पटबाट गोल गर्न सफल भए । डिएगो कोस्टाले अल्भारो मोराटाको पेनाल्टी सुट आउट बचाएपछि डिफेन्डिङ च्याम्पियन स्पेनमाथि ऐतिहासिक जित निकाल्दै पोर्चुगल दुई पटकको नेसन्स लिग विजेता बनेको हो ।