दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ विजयी
बुधबार, जेठ २१, २०८२
यस पटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो । यसपटक चुनावमा ६जना उम्मेदवार मैदानमा भएपनि मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो।