कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
कतिपय विदेशमा रहेका पाठकहरूले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरू दर्साउनु भएको छ । एक जना पत्रकार मित्र नरेन्द्र रौले त सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यस बेला मलाई लाग्यो कि म के लेखिराखेको छु भन्ने प्रश्न आफैँलाई तेर्साइरहेको छु । पुस्तकका पात्र र कथाहरूले कसलाई केले छुन्छ, कसलाई के ले छुन्छ भन्नै नसकिने रहेछ । धेरैको प्रतिक्रिया आँसुकै माध्यमबाट पाइरहेको छु ।
साताको लोकप्रिय