आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा
आइतबार, वैशाख २८, २०८२
त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि रोहित पौडेलको कप्तान पद यथावत् छ भने उपकप्तान जिम्मेवारीमा पनि दीपेन्द्र सिंह ऐरी निरन्तर छन् । अन्य खेलाडीमा आसिफ सेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।