सोलुखुम्बुको गौरी टापमा तेस्रो स्पार्क एड्भेञ्चर हुने
शुक्रबार, वैशाख १९, २०८२
सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको योगी लौरेश्वर बाबाले बताए । ‘माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरी टाप रहन गएको जनविश्वास छ’, उनले भने ।