Harsamaya
तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली उनले भने,‘तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्त ऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिला मात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू...
गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली
गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समय क्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ। गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् ।
प्रधानमन्त्री ओलीले द्रुतमार्ग  सुरु विन्दु समस्या समाधानका लागि पहल गर्ने
प्रधानमन्त्री ओलीले द्रुतमार्ग  सुरु विन्दु समस्या समाधानका लागि पहल गर्ने खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताएका छन्  ।
भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री ओली
भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री ओली उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती । 
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्रीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा
प्रधानमन्त्रीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’ भन्ने जस्तो बचाउपूर्ण भनाइ, सत्ता दुरुपयोगको गन्ध दिन्छ । एउटा मन्त्रीमाथि जनचासो बढ्दो छ, संसद ठप्प छ । तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मञ्च केन्द्रित मन्तव्यमा दौडधुप गरिरहेका छन् ।
प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल छलफलका क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई पीडितलाई केन्द्रमा राखेर निष्कर्षमा लाने विषयमा सरकारको आवश्यक सहयोग हुने विश्वास दिलाउँदै अन्य काममा कुनै सरकारको दबाब र हस्तक्षेप नहुने स्पष्ट पारे । 
बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली 
बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् : प्रधानमन्त्री ओली  सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्त्वहरू छट्पटाएका छन् : प्रधानमन्त्री ओली 
देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्त्वहरू छट्पटाएका छन् : प्रधानमन्त्री ओली  अधिनायकवाद र ताना शाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए । 
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
Weather Update