मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिनुभएको छ । आइतबार शुभकामना सन्देश दिँदै उहाँले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताउनुभयो ।