Harsamaya
प्रधानमन्त्री ओलीले आज शांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी ।

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।

चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

आजै रुसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update