आठौँ म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, २३ स्टल निःशुल्क उपलब्ध
सोमबार, पुस १५, २०८१
म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो ।
साताको लोकप्रिय

