खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
शुक्रबार, चैत २०, २०८२
पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
साताको लोकप्रिय

