प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन:देशको उज्यालो भविष्य देखिरहेको छु‚ नयाँ सरकारलाई शुभकामना (पूर्णपाठ)
बिहीबार, चैत १२, २०८२
मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको ऐतिहासिक सम्झौताको अपनत्व ग्रहण गर्दै प्रधानमन्त्रीले सो सम्झौताका बाँकी काम नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् । आन्दोलनका क्रममा भएको क्षति र घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उनले जानकारी दिइन् । साथै, प्रभावित उद्योग र व्यवसायलाई राहत दिन 'एकीकृत व्यावसायिक पुनरुत्थान योजना' कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।
साताको लोकप्रिय

