त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित
                                शनिबार, पुस २७, २०८१
                                रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रु ५२ का दरले सुन्तला बिक्री भएको छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
