राष्ट्रपति पौडेलबाट वसन्त श्रवण
सोमबार, माघ २१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।
इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर)
सोमबार, माघ २१, २०८१
पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म साँखुको शालिनदीमा श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
सोमबार, माघ २१, २०८१
सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु
सोमबार, माघ २१, २०८१
पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो ।
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन (विज्ञप्तिसहित)
सोमबार, माघ २१, २०८१
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
१० वटा सञ्चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित)
सोमबार, माघ २१, २०८१
यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।
तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
आइतबार, माघ २०, २०८१
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
आइतबार, माघ २०, २०८१
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ।
साइबेरियन र रसियाबाट फर्किए ३२ प्रजातिका हिउँदे आगन्तुक चरा
आइतबार, माघ २०, २०८१
चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए । उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए ।
केबलकार निर्माण खारेजीको माग गर्दै गरिएको बन्दले पूर्वको जनजीवन प्रभावित
आइतबार, माघ २०, २०८१
पूर्वका विभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सुचारु गर्ने प्रयास गरिएको छ । विभिन्न माग राख्दै संघर्ष समितिले हित माघ २० र २१ गते दुई दिन अरुणपूर्वका ९ जिल्ला बन्दको आव्हान गरेको हो ।
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
आइतबार, माघ २०, २०८१
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई डार्ट गरेर नियन्त्रणमा लिइएको थियो ।
सेना अझै खाल्डे ट्वाइलेट युगमै
आइतबार, माघ २०, २०८१
यति संस्थागत, व्यवसायिक र दक्ष भएको सेनाले भर्खरै गरेको फोटो तथा वृहत् प्रदर्शनी भने त्यति व्यवस्थित भएको देखिएन । १५ गतेबाट सुरु भएको पदर्शनीको सुरुका दिनमा भनिएका स्टलहरू सबै खोलिएका थिएनन् । सेना जस्तो व्यवस्थित संस्थाले स्टलहरु तयारी नहुँदै प्रदर्शनी सुरु गर्नु लाजमर्दो कुरा हो ।
जलेश्वर कारागारका कैदीको मृत्यु
आइतबार, माघ २०, २०८१
अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।

