Harsamaya
वीरगन्जमा प्रदीप गिरिबारे चर्चा, नेपाल–भारतका बुद्धिजीविहरूले गरे प्रशंसा 
नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट ।

वीरगन्ज - नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगन्जमा जमघट भएको छ ।

विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीविहरू भेला भएका हुन् ।

प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र संघर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको उक्त कार्यक्रम वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि जारी छ ।

कार्यक्रममा गिरिको जीवन, विचार र उनले जिएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विमर्श भइरहेको छ । 

कार्यक्रम आयोजनका लागि वीरगंज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंकलगायतका संघसंस्थाहरू साझेदार छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update