Harsamaya
९.२२ अंकले घट्यो नेप्से
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से पसिुचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको थियो । 

यसदिन कुल ३१९ स्टकको ५ अर्ब २ करोड १० लाख ४ हजार ८१६ रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर कारोबार भएको छ । यसअघि बुधबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२.१० रुपैयाँले बढेर ३५३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको सेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जनउत्थान सामुदयिक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, पञ्चकन्या हाइड्रोपावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स,  बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update