Harsamaya
बार एशोसिएशनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

जनकपुर - विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएशनबिचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरूको पक्षमा आफु रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएशन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।

 आज पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँदै बार एशोसिएशनले रोक टोक गर्न नहुने बताए ।

मेयर साहले वार्ता र संवादबाट समाधान खोज्नुका साथै दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै दुवै पक्षलाई संयमित हुन आग्रह गरे ।

भेटमा पत्रकार महासंघ, मधेश प्रदेशका पदाधिकारी, नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी, प्रेस चौतारीका पदाधिकारी,प्रेस युनियनका पदाधिकारीलगायत पत्रकारहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update