Harsamaya
यस्तो छ शुक्रबारको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५  पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ११ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, जापानी येन ९ को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ  २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ०६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update