Harsamaya
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०/१० प्रतिशत सेयर छुट्याएर जारी गरिसकेको छ ।

प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो आईपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update