Harsamaya
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन

काठमाडौं - माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पुँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (सङ्खुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्टाएर जारी गरिसकेको छ ।

प्रति कित्ता १०० रुपैयाँ अङ्कित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यो आईपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update