Harsamaya
कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला ।

काठमाडौं - नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन् । 

उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु ।’

यस्तै, उनले बहुविवाहको बाटो खोल्नेगरि कानूनमा हुन लागेको संशोधन रोकिनु पर्ने भन्दै प्रेस स्वतन्त्रता कुन्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरि अघि बढाउनुपर्ने बताए ।

आठ अर्बभन्दा बढीको पासपोर्ट छपाइको ठेक्का सेटिङमा दिनेगरि षडयन्त्र गरेको भन्दै उक्त ठेक्का खारेज गरि छानबिन गरेर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने पनि उनको माग रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update