काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल सरकारले छुट्याइएको बजेट अनुसार चालु आर्थिक वर्षमा ९८ प्रतिशत रासायनिक मल आयात भएको बताएका छन् ।
प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बोल्दै विगतको १० वर्षको अवस्था हेर्दा आयातमा सन्तोष मान्न नसकिएपनि यसवर्षको क्रियाशीलताले आयात बढाउन सकिएको बताए । तर हालको बजेटले किसानलाई प्रर्याप्त मल उपलब्ध गराउन नसकिने बताए ।
उनले कृषिमा केही परिर्वतन गर्न सक्यो भने राम्रो गरेको आभास हुने बताए । उनले अन्य बालीलाई मलको प्रयोग गरेता पनि कोदोलाई रासायनिक मलको प्रयोग गर्न नपर्ने बताएका हुन् ।
उनले भने, ‘यो गर्छु त्यो गर्छु भन्दा पनि हामीले कृषिमा केही परिर्वतन गर्न सक्यो भने केही राम्रो गरेको आभास हुन्छ । होइन भने त्यो आभास पनि हुन्न । नेपाल सरकारले छुट्याइएको बजेट पर्याप्त छैन तर यस पटक ९८ प्रतिशत रासायनिक मल आयात भएको देखिन्छ । विगत १० बर्षलाई हेर्दा यत्तिको क्रियाशीलता कतै भएको थिएन ।’
दुई छाक भात खानु भनेको रोग निम्त्याउनु रहेको भन्दै अधिकारीले कोदोजन्य परिकार बनाएर खान सुझाव दिए ।