Harsamaya

काठमाडौं - समाजवादी मोर्चाले अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा लान आफूलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ । 

मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अव मोर्चालाई सुदृढ गर्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् । उनले देशको अवस्था जटिल रहेको भन्दै जनता निरासावादको शिकार भइरहेको बताए । 

‘अहिले देशको स्थिति जटिल अवस्थामा छ । एउटा गणतन्त्रलाई थ्रेड गर्ने प्रवृति र हर्कतहरु अगाडि आइरहेका छन् । अहिलेका राज्यका सञ्चालकहरुको तरिका हेर्नुभयो भने बडो डरलाग्दो छ । निराशावादको शिकार देश भएको छ । जसका कारण युवाहरु पलायन छन् । राज्यको पैसा विदेश पलायन भइरहेको छ । देशमा के होला भन्ने ठुला प्रश्न नेपाली जनताका दिमागमा छन्,’ उनले भने । 


 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update