गोसाइँकुण्डमा स्नानको क्रममा डुबेर दुई जना बेपत्ता

रसुवा - गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरू डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाईंकुण्ड पठाइसकिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय