गैर कानुनी रूपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह (भिडियोसहित)
काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरूमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरूमा आएको समस्यालाई कानुनी रूपमा मात्र नभई सामाजिक उपचारका रूपमा पनि काम गर्नुपर्ने बताए ।
उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरू गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसद्मा विधेयकहरू पास हुन बाँकी रहेकाले चाँडै समस्याहरूको समाधान हुने औँल्याए ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय