नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर आजदेखि निष्काशन

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०:३.४७८३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ ०९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय