Harsamaya
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६१  पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ  ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ८०पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update