Harsamaya
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले  कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ । 

यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update