Harsamaya
अन्य पार्टी परित्याग गरी ८८ जना कांग्रेस प्रवेश
राजन कार्की ।

काठमाडौं - विभिन्न पार्टी परित्याग गरी ८८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको बलेफि गाउँपालिका अन्तर्गतका नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एक सय बढी कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्दै राजन कार्कीले कांग्रेसले नै जनताको दुखहरू पार लगाउन सक्ने भन्दै कांग्रेस प्रवेश गरेको बताए । 


 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update