Harsamaya

काठमाडौं - उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरूमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् । 

२२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।

‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ । अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ । महिलाहरूले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’उनले भनिन् । 

‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाहिँदैन जस्तो लाग्छ । महिलाहरू पीडित नै हुन पर्दैन । त्यसैले हामी सबै एक हुनुपर्छ,’उनले अगाडि भनिन्,‘नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिकता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिकता पाउने अहिलेको कानुन ठीक छ ।’

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update