निफ्राको हरित ऊर्जा ऋणपत्र आज देखि कारोबारमा

काठमााडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको निफ्रा हरित ऊर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ ।
निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ’निफ्रा हरित ऊर्जा ऋणपत्र ६% –२०८८/८९’ नामको ऋणपत्र जारी गरेको थियो । प्रतिकित्ता १ हजार अङ्कित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो ।
सम्बन्धित ऋणपत्र धनीहरूले भने आफ्नो हित ग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन् । निफ्राले नेपालमै पहिलो पटक हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२ ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय