रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो]
काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुनः स्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने भनाइ व्यक्त गरे ।
‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय